१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो आर्सनल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा आर्सनलले लिएको दोब्बर अग्रता जोगाउन सकेन । खेलको ३५ औं मिनेटमा गाब्रियल मार्टिनेलीले र ५५ औं मिनेटमा काई हाभेर्ट्जले गोल गर्दै आर्सनललाई दुई गोलको अग्रता दिलाएका थिए ।

तर, ६० औं मिनेटमा योरी टिलेमान्सले र ६८ औं मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टन भिल्लालाई हारबाट जोगाए । खेलको ८९ औं मिनेटमा आर्सनलका हाभेर्ट्जले गरेको गोलले मान्यता पाएन ।

बराबरीसँगै आर्सनल २२ खेलबाट ४४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । भिल्ला ३६ अंकका साथ सातौं स्थानमा छ ।