२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा’



फाइल फोटो
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

सुर्खेतको चौकुने गाउँपालिका–२ लगामस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रममा आज उनले पूर्वाधार निर्माण नभएकै कारण राजधानी वीरेन्द्रनगरसँग उक्त पालिकाको सहज पहुँच नभएको बताए ।

मुख्यमन्त्री कँडेलले भने “सडक, विद्युत् र सुकुम्बासीको व्यवस्थापन नै यहाँको प्रमुख समस्या हो । यसको समाधानका निम्ति कर्णाली प्रदेशको ध्यानाकर्षण भएको छ ।”

उनले विकास निर्माण सबैको आवश्यकता भएकाले यसमा सबै दल र जनता एकसाथ अगाडि बढ्नुपर्नेमा जोड दिए । एक्लै हिँड्ने प्रचलनले व्यक्तिलाई फाइदा भए पनि समाज विकास नहुने मुख्यमन्त्री कँडेलको जिकिर थियो ।

उनले यहाँका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका योजना तथा विकास निर्माणको अनुगमन तथा कामको प्रगतिबारे जानकारी लिएका छन्।