२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण



अ+ अ-

बिर्तामोड। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आक्रमण भएको छ ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट घरतर्फ फर्किदै गर्दा शनिवार साँझ करिव ६ बजे पूर्व–पश्चिम राजमार्गको  कनकाई नगरपालिका –२ जुकेकल्भर्ट भन्ने स्थानमा उहाँमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ञ १८७० मा सवार समूहले कुटपिट गरेको हो । कुटपिटबाट पूर्व मुख्यमन्त्री थापा घाइते भएका छन् । उनलाई बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारपछि आफ्नो निवासमा फर्किएका छन्। थापाको  कुटपिटबाट आँखा सुन्निएको र अनुहारमा चोट लागेको छ ।