२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०८४ साल भित्रै संविधान संशोधन हुन्छ : उपसभापति गुरुङ



अ+ अ-

स्याङ्जा। नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले २०८४ साल भित्रै संविधान संशोधन हुने बताएका छन् ।

नेपाली काङ्ग्रेसको सय दिने बिशेष अभियानको वालिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहनु भएका सांसद गुरुङले नेपाली काङ्ग्रेस र एमाले बीच भएको सातबुदे सहमति तलमाथि नहुने भन्दै सबैको सहमतिमा २०८४ साल भित्र संविधान संशोधन हुने बताउनु भएको हो । संविधान संशोधन काङ्ग्रेस र एमालेको लागि मात्रै चाहिएको होइन सबैलाई चाहिएको छ । त्यसैले संविधान संशोधनमा सबैलाई समेटिन्छ ।

कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै देशको अर्थतन्त्र सुदृढ गर्न पनि अहिलेको सरकारले निरन्तरता पाउने बताए । काङ्ग्रेस र एमालेलेको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै काङ्ग्रेस र एमाले बाट जिम्मेवारी गयो भने देश दुर्घटनामा फस्ने तर्फ संकेत गर्दै पुर्व मन्त्री गुरुङले कुनैपनी हालतमा सरकार नढल्ने बताए ।

उनले दिनहुँ मिडियाले सरकार ढल्नै लाग्यो भन्ने जस्ता समाचार सम्प्रेषण गरेपछि प्रधानमन्त्रीले त्यसको जवाफ मात्रै दिएको भन्दै सरकार ढल्ने जस्ता समाचारमा केन्द्रित नहुन आम नागरिकलाई आग्रह समेत गरेका छन् । कानुन अभावमा देशमा गाजाखेती,घरेलु मदिरा ब्राह्मणिङ देखी नेपालको जडिबुटी उपयोगिता समेत बाधा पर्दा देशको अर्थतन्त्र खस्कदै गएको तर्फ केन्द्रित गर्दै उहाँले यी लक्षित कानुन बनाउन सके बिदेश जाने युवा रोकिने मात्रै नभएर बिदेश गएका युवा समेत फर्किने उनको धारणा राखेका छन्।

पुर्व कानुन मन्त्री समेत रहनु भएका गुरुङले नेपालीको भाग्य कानुनले खोसेको दाबी समेत गरेका थिए । जडिबुटी,घरेलुु मदिरा,नोट बन्दी र गाजा सम्बन्धि कानुन बनाउन सके नेपाल र नेपालीको आर्थिक समृद्धिको यात्रा पुरा हुनेमा उहाँको जोड थियो ।