१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगान्डालाई हराउँदै महिला टोली खो खो विश्वकपको फाइनलमा



अ+ अ-

काठमाडौँ । नेपाली महिला टोली खो खो विश्वकपको उपाधि नजिक पुगेको छ । सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले ऐतिहासिक फाईनल यात्रा तय गरेको हो ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको सेमिफाइलनमा नेपाली महिला टोलीले युगान्डालाई ८९–१८ अङ्कले पराजित गर्यो ।

नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनल भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ । यसअघि नेपाल समूह विजेता बन्दै सेमिफाइलनमा पुगेको थियो ।

नेपालको कुनै पनि टोली कुनै पनि खेलको विश्वकपमा फाइनलमा पुगेको यो पहिलो पटक हो ।