४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै



अ+ अ-

मलेखु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न १० वर्षे कार्ययोजना तयार भइरहेको बताउनुभएको छ ।

आज राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ धादिङको दोस्रो जिल्ला अधिवेशन उद्घाटनपछि उहाँले प्रधानमन्त्री, अर्थमन्त्री, कानुनमन्त्रीसहित पर्यटनसँग जोडिएका मन्त्रालयसँगको समन्वयमा कार्ययोजना तयार गरिरहेको बताउनुभयो ।

मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर रहेको र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । “नेपालमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्, अहिले पनि लाखौँ पर्यटक ल्याउने अवसर छ”, उहाँले भन्नुभयो, “हाम्रा संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौँ ।”

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका पाण्डेले मूल प्रतिस्पर्धी नेकपा (एमाले) सँगको गठबन्धन अवसर र चुनौती दुवै रहेको बताउनुभयो । “एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै हुन्छ”, उहाँले भन्नुभयो, “एमालेसँग सरकारमा सहकार्य र चुनावमा प्रतिस्पर्धा हुन्छ । अहिले एमाले र कांग्रेसको गठबन्धन सुशासन, भ्रष्टाचार न्यूनीकरण र सरकारलाई स्थायित्व दिनको लागि हो ।” रासस