१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटः बङ्गलादेशसँग नेपाल पराजित



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेटमा नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य बङ्गलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि सदिया इस्लामले १६, सुमैया अक्तरले १२, अफिया अशिमा इराले ९, जन्नतुल मोउवाले ५ रन जोडिन् ।

बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमाना केसी र पूजा महतोले एक–एक विकेट लिए ।

त्यसअघि मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि बलिङतर्फ बंगलादेशकी जन्नतुल मोउआले दुई तथा निशिता अक्तर निशि, फहोमिदा चोया र अनिसा अक्तर सोवाले एक–एक विकेट लिइन् । नेपालका ५ खेलाडी रनआउट भएका थिए ।

नेपालको समूहमा स्कटल्यान्ड, बङ्गलादेश र अस्ट्रेलिया छन् । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।