४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपाल ५२ रनमै अलआउट



अ+ अ-

काठमाडौँ ।आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपाल ५२ रनमै अलआउट भएको छ ।

नेपालले बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपाल १८.२ ओभरमा ५२ रनमा अलआउट भयो ।

नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन जोडिन् । यस्तै, सिमाना केसीले १०, रिया शर्माले ५, एलिशा यादवले ४, तिर्सना विश्वकर्मा र रचना चौधरीले ३–३ रन जोडे ।

बलिङतर्फ बंगलादेशकी जन्नतुल मोउआले दुई तथा निशिता अक्तर निशि, फहोमिदा चोया र अनिसा अक्तर सोवाले एक–एक विकेट लिइन् । नेपालका ५ खेलाडी रनआउट भएका थिए ।

नेपालको समूहमा स्कटल्यान्ड, बङ्गलादेश र अस्ट्रेलिया छन् । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।