२८ भाद्र २०८३, आईतवार
,
Latest
आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग



अ+ अ-

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि सुर्खेत लैजान नेपाली सेनाको हेलिकप्टर व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग अनुरोध गरेको छ।

सानीभेरी गाउँपालिका–६ कोटगाउँबाट सिम्लीतर्फ आउँदै गरेको जिप दुर्घटनामा चार जना गम्भीर घाइते भएका हुन्। उनीहरूलाई तत्काल उपचारका लागि सानीभेरीबाट सुर्खेत लैजानुपर्ने भएकाले हवाई उद्धारको व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रमुख जिल्ला अधिकारीले २०८३ भदौ २८ गते गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई पठाएको पत्रमा सानीभेरी गाउँपालिकाले खर्च व्यहोर्ने गरी नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराउन अनुरोध गरिएको छ।

पत्रमा चार जना घाइतेलाई सानीभेरीदेखि सुर्खेतसम्म हवाई उद्धार गर्नुपर्ने र उडानका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्नुपर्ने उल्लेख छ। साथै, २०८३ भदौ २८ गते बिहान १० बजेका लागि उद्धार उडानको व्यवस्था गर्न अनुरोध गरिएको छ।

हवाई उद्धारका लागि आवश्यक समन्वय गर्न चण्डीदल गण, सल्ले ब्यारेक र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई समेत बोधार्थ पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसअघि सानीभेरी गाउँपालिकाले समेत गम्भीर घाइतेको हवाई उद्धारका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो।