१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारादेवी सम्मान शाह, रसाइली र तीर्थकुमारीलाई



अ+ अ-

काठमाडौँ । तारादेवी फाउन्डेसनले यस वर्षको ‘तारादेवी सम्मान’ तीन जनालाई प्रदान गर्ने भएको छ ।

संस्थाका अध्यक्ष दीपक केसीको अध्यक्षतामा बसेको बैठकले गीतकार चाँदनी शाह (मरणोपरान्त), सङ्गीतकार सिके रसाइली र गायिका तीर्थकुमारीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिनुभयो । सम्मानका साथ ताम्रपत्र, दोसल्ला र जनही रु २५ हजार रहेको छ ।

विसं २०७४ मा स्थापित फाउन्डेसनले यसअघि १२ स्रष्टालाई सम्मान गरिसकेको छ । स्वर किन्नरी तारादेवीको स्मृति दिवसका दिन यही माघ ९ गते उक्त सम्मान दिइनेछ ।

दस वर्षको उमेरदेखि गीत गाउन थाल्नुभएकी गायिका तारादेवीले करिब तिन हजार पाँच सय गीतमा स्वर र सङ्गीत दिनुभएको थियो ।