४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारादेवी सम्मान शाह, रसाइली र तीर्थकुमारीलाई



अ+ अ-

काठमाडौँ । तारादेवी फाउन्डेसनले यस वर्षको ‘तारादेवी सम्मान’ तीन जनालाई प्रदान गर्ने भएको छ ।

संस्थाका अध्यक्ष दीपक केसीको अध्यक्षतामा बसेको बैठकले गीतकार चाँदनी शाह (मरणोपरान्त), सङ्गीतकार सिके रसाइली र गायिका तीर्थकुमारीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिनुभयो । सम्मानका साथ ताम्रपत्र, दोसल्ला र जनही रु २५ हजार रहेको छ ।

विसं २०७४ मा स्थापित फाउन्डेसनले यसअघि १२ स्रष्टालाई सम्मान गरिसकेको छ । स्वर किन्नरी तारादेवीको स्मृति दिवसका दिन यही माघ ९ गते उक्त सम्मान दिइनेछ ।

दस वर्षको उमेरदेखि गीत गाउन थाल्नुभएकी गायिका तारादेवीले करिब तिन हजार पाँच सय गीतमा स्वर र सङ्गीत दिनुभएको थियो ।