६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणीमा पानीको बहाव बढ्यो, नारायणगढ-मुग्लिन सडकमा पहिरो



अ+ अ-

चितवन । लगातारको वर्षाले चितवनको जनजीवन प्रभावित भएको छ । बाढीले नारायणी नदी  उर्लिएको छ । राजधानी जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडकमा बुधबार बिहानैदेखि गएको पहिरो दिउँसोदेखि थपिँदै गएको छ । पहिरो खसिरहेकाले बुधबार रातिदेखि यातायात ठप्प रहेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पानी पर्न नरोकिँदासम्म सो सडक हुँदै यात्रा नगर्न प्रहरीको अनुरोध छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बुधबार राति सवा नौ बजेदेखि नारायणगढ मुग्लिन सडक ठप्प भएको छ । इच्छाकामना गाउँपालिका–६ चार किलोमा बुधबार बिहानैदेखि पहिरो झर्न सुरु भएको थियो । दिउँसो चार बजेपछि बाटो ठप्प भएको थियो ।

साँझ सात बजेपछि एकतर्फी गाडी चले पनि पहिरो थपिएपछि राति सवा नौ बजेबाट बाटो पूर्ण रुपमा बन्द भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । निरन्तर ठूलो वर्षा भइरहेका कारण पहिरोको समस्या थपिने आकलन गर्दै चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले बाटो पूर्ण रुपमा खुलेको जानकारी नआउँदासम्म सो सडक हुँदै यात्रा नगर्न अनुरोध गरेको छ ।

नारायणी नदीको बाढीले देवघाट नजिक सतर्कताको तह पार गरेको छ । बाढी खतराको तहतर्फ बढेको हुँदा सजग रहन भन्दै जल तथा मौसम विज्ञान विभागले बिहानैदेखि सन्देश प्रवाह गरी रहेको छ । बिहीबार बिहान साढे ३ बजे नै बाढीले सतर्कताको तह पार गरेको विभागले जनाएको छ । नारायणी नदीको तटीय क्षेत्रमा दिनभरजसो सजग रहन विभागको अपिल छ ।

नारायणी नदीमा बाढी बढ्दै गए चितवनतर्फ मंगलपुर, गुञ्जानगर, दिव्यनगर र मेघौली क्षेत्रमा डुबान र कटानको समस्या आउन सक्छ । कान्तिपुर दैनिक