• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ ★   दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म ★   युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ? ★   उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले ★   विश्व च्याम्पियन भारत जिम्बाब्वेसँग हार्यो, डेब्यु गर्ने तीन खेलाडीले १० रन समेत बनाउन सकेनन् ★   बाढी, पहिरो र डुबानमा परेर देशभर १४ जनाको मृत्यु ★   त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए – शिक्षामन्त्री ★   प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः एमाले

चेल्सीसंग ब्रान्सलीको लज्जास्पद हार



लन्डन । काई हाभर्टडको ह्याट्रिकमा चेल्सीले बुधबार ब्रान्सलीलाई ६–० ले हराउँदै लिग कपमा चौथो चरणको यात्रा तय गरेको छ । यस्तै आर्सनलले लेस्टर सिटीलाई २–० ले हराएर अर्को चरण पुग्न सफल रह्यो ।

बायर लेवरकुसनबाट १२ करोड ३० लाख डलरमा चेल्सी आएयता हाभर्टड प्रिमियर लिगका सुरुआती दुई खेलमा अपेक्षाअनुसार खेल्न असफल रहेका थिए । तर ब्रान्सलीविरुद्धको ह्याट्रिकपछि २१ वर्षीय जर्मन खेलाडीको आत्मविश्वास बढ्नेछ ।

यस्तै नयाँ सिजनमा एभरटनले उत्कृष्ट लय कायम राख्दै लिग वान टिम फ्लिटउडलाई ५–२ ले हरायो । लिगका सुरुआती दुई खेलसँगै कार्लो एन्सेलोटीको टिमको यो लगातार तेस्रो जित हो ।