१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः एमाले



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ ।

आइतबार बसेको संसदीय दल बैठकले एमालेले प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो ।

‘प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन हामीले अपिल गरेका छौं । हाम्रो पहिलो माग प्रधानमन्त्रीले आजै, अहिले नै राजीनामा दिनुपर्छ भन्ने हो,’ प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘उहाँले राजीनामा दिनु भएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ । उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्नेछ।’

यस्तै, एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्त गरिदिन पनि प्रधानमन्त्रीसँग माग गरेको छ ।

‘सरकार अल्पमतमा परे पनि विभिन्न निर्णय गरिरहेको छ, यो सरकारले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन । सरकारलाई कुनै पनि निर्णय नलिन पनि हाम्रो बैठकले सचेत गराएको छ ।’ उनले भने ।

एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सो दलका मन्त्रीहरूले पदबाट राजीनामा दिइसकेका छन् ।

नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो ।