३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीसंग ब्रान्सलीको लज्जास्पद हार



अ+ अ-

लन्डन । काई हाभर्टडको ह्याट्रिकमा चेल्सीले बुधबार ब्रान्सलीलाई ६–० ले हराउँदै लिग कपमा चौथो चरणको यात्रा तय गरेको छ । यस्तै आर्सनलले लेस्टर सिटीलाई २–० ले हराएर अर्को चरण पुग्न सफल रह्यो ।

बायर लेवरकुसनबाट १२ करोड ३० लाख डलरमा चेल्सी आएयता हाभर्टड प्रिमियर लिगका सुरुआती दुई खेलमा अपेक्षाअनुसार खेल्न असफल रहेका थिए । तर ब्रान्सलीविरुद्धको ह्याट्रिकपछि २१ वर्षीय जर्मन खेलाडीको आत्मविश्वास बढ्नेछ ।

यस्तै नयाँ सिजनमा एभरटनले उत्कृष्ट लय कायम राख्दै लिग वान टिम फ्लिटउडलाई ५–२ ले हरायो । लिगका सुरुआती दुई खेलसँगै कार्लो एन्सेलोटीको टिमको यो लगातार तेस्रो जित हो ।