काठमाडौँ ।प्रतिनिधि सभाका चार ठूला दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ । सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा मुख्य दलहरूका प्रमुख सचेतकहरुबीच छलफल भएको हो ।
छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे र रास्वपा सन्तोष परियार सहभागी छन् ।
संसदीय काम कारबाहीलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनेबारे केन्द्रित भई छलफल भएको एमालेका प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।
यस्तै, छलफलबाट विधेयक अगाडि बढाउने प्रक्रियामा एक ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष निस्किएको बर्तौलाले बताए ।
५/६ वर्षसम्म विधेयक सदनमा रहने अवस्था तोड्न पहल लिने र यसका लागि प्रतिनिधिसभा नियमावलीमा आकश्यक प्रबन्ध गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेपछि सदनलाई प्रभावकारी ढंगले चलाउने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरू छलफल भएको हो ।










