१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा, कांग्रेस महामन्त्री गगनकुमार थापाले गरे उद्घाटन (भिडियोसहित)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.३० ले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरेको छ । मंगवार काठमाडौं महानगरपालिका वडा नं.३०ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभएको हो ।

ज्ञानेश्वरमा प्रवद्र्धन केन्द्र उद्घाटन गर्नुहुँदै पूर्व स्वास्थ्य मन्त्री थापाले आफु स्वास्थ्य मन्त्री रहेका बेलामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने काम अघि बढेको बताउनुभयो । आफु सरकारसँग बाहिरिएसँगै सो काम अलपत्र परेको उल्लेख गर्दै उहाँले हाल आफ्नै सक्रियता र स्थानीय जनप्रतिनिधिहरु समेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको बताउनुभयो ।

यस केन्द्रले वडाबासीहरुको स्वास्थ्य सँग सम्बन्धित सबै विषयहरुको विवरण राख्ने, स्वास्थ्य परिक्षण गर्ने, विभिन्न रोगहरु लाग्नै नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिहरुको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । यस्ता केन्द्र प्रत्येक वडामा हुनुपर्ने उहाँले जोड दिनुभयो ।

उहाँले आगामी दिनमा फिजियोथेरापी सेवा पनि सुरु गर्ने उल्लेख गर्नुभयो । केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरुले वडाभित्रको सम्पूर्ण घरमा गएर स्वास्थ्य सम्बन्धी अनुगमन गर्ने बताएको छ । वडामा कुन रोगको समस्या छ सो समस्या समाधानका लागि सेवा सुविधा दिइने जनाइएको छ ।