२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने आजै धरौटी बुझाएर थुनामुक्त हुँदै



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आजै धरौटी बुझाएर थुनामुक्त हुने भएका छन् ।

स्रोतका अनुसार अहिले उनको धरौटीका लागि प्रक्रिया भइरहेको छ ।

जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रूपैयाँ धरौटी मागेको छ । यसअघि कास्की जिल्ला अदालतले मागेको ६५ लाख धरौटी बुझाएर उनी रिहा भएका थिए ।

धरौटी बुझाएपछि रवि आजै थुनामुक्त हुनेछन् ।