३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेहलीकाे आरसिबी आज भाग्यशाली हाेला ?



अ+ अ-

दुबइः इन्डियन प्रिमियर लिग अन्तर्गत आज बिहीबार बिराट काेहलीकाे कप्तानीमा रहेकाे राेयल च्यालेन्जर्स बैंगलाेर र के एल राहुलकाे कप्तानीमा रहेकाे किंग्स इलेभेन पन्जाबबीच खेल हुँदैछ । दुबै टिम पहिलाे जितकाे खाेजीमा रहेका छन् । यसअघि भएका खेलमा दुबै टिम पराजित भएका थिए ।

पन्जाबले यसअघि दिल्ली क्यापिटल्ससँगकाे खेलमा सुपर ओभरमा पराजय भाेग्नु परेकाे थियाे । याे म्याचमा पन्जाबका क्रिस जाेर्डनले अन्तिम बलमा १ रन बनाए पनि फिल्ड अम्पायरले ब्याटले क्रिज नछाेएकाे भन्दै त्यस रनलाइ गणना गरेका थिएनन् । तर टिभि रिप्लेमा जाेर्डनकाे ब्याटले क्रिज छाेएकाे देखिएकाे थियाे ।

क्रिस जाेर्डनकाे त्यस रनलाइ गणना नगरेसँगै म्याच बराबरीमा आइपुगेकाे थियाे, र सुपर ओभरमा दिल्ली क्यापिटल्स विजयी भएकाे थियाे ।

आरसिबी पनि पहिलाे खेल जित्ने लक्षका साथ मैदानमा उत्रनेछ । आरिबीका लागि बिग हिटर क्रिस गेलले आजकाे खेल खेल्ने सम्भावना पनि छ ।

सम्भावित टिम

आरसिबीः देवदत्त पाडिकल, आराेन फिन्च, बिराट काेहली, एबीडी भिलियर्स, जस फिलिप्प, शिभम दुबे, वासिङटन सुन्दर, डेन स्टेन, उमेश यादव, नवदीप सैनी, युजवेन्द्र चहल ।

किंग्स इलेभेन पन्जाबः के एल राहुल, मयंक अग्रवाल, करून नायर, निकाेलस पूरन, ग्लेन म्याक्सवेल, सरफराज खान, के गाेथाम, क्रिस जाेर्डन, रवी बिस्नाेइ, माेहम्मद सामी, शेल्डन कटरेल ।