• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

काेहलीकाे आरसिबी आज भाग्यशाली हाेला ?



दुबइः इन्डियन प्रिमियर लिग अन्तर्गत आज बिहीबार बिराट काेहलीकाे कप्तानीमा रहेकाे राेयल च्यालेन्जर्स बैंगलाेर र के एल राहुलकाे कप्तानीमा रहेकाे किंग्स इलेभेन पन्जाबबीच खेल हुँदैछ । दुबै टिम पहिलाे जितकाे खाेजीमा रहेका छन् । यसअघि भएका खेलमा दुबै टिम पराजित भएका थिए ।

पन्जाबले यसअघि दिल्ली क्यापिटल्ससँगकाे खेलमा सुपर ओभरमा पराजय भाेग्नु परेकाे थियाे । याे म्याचमा पन्जाबका क्रिस जाेर्डनले अन्तिम बलमा १ रन बनाए पनि फिल्ड अम्पायरले ब्याटले क्रिज नछाेएकाे भन्दै त्यस रनलाइ गणना गरेका थिएनन् । तर टिभि रिप्लेमा जाेर्डनकाे ब्याटले क्रिज छाेएकाे देखिएकाे थियाे ।

क्रिस जाेर्डनकाे त्यस रनलाइ गणना नगरेसँगै म्याच बराबरीमा आइपुगेकाे थियाे, र सुपर ओभरमा दिल्ली क्यापिटल्स विजयी भएकाे थियाे ।

आरसिबी पनि पहिलाे खेल जित्ने लक्षका साथ मैदानमा उत्रनेछ । आरिबीका लागि बिग हिटर क्रिस गेलले आजकाे खेल खेल्ने सम्भावना पनि छ ।

सम्भावित टिम

आरसिबीः देवदत्त पाडिकल, आराेन फिन्च, बिराट काेहली, एबीडी भिलियर्स, जस फिलिप्प, शिभम दुबे, वासिङटन सुन्दर, डेन स्टेन, उमेश यादव, नवदीप सैनी, युजवेन्द्र चहल ।

किंग्स इलेभेन पन्जाबः के एल राहुल, मयंक अग्रवाल, करून नायर, निकाेलस पूरन, ग्लेन म्याक्सवेल, सरफराज खान, के गाेथाम, क्रिस जाेर्डन, रवी बिस्नाेइ, माेहम्मद सामी, शेल्डन कटरेल ।