२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः लन्चअघि आर्मी ४६ रनले पछाडि, भीमको अर्धशतक



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप २०८१ को फाइनल खेलअन्तर्गत दोस्रो दिनको लन्चअघि नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब ४६ रनले पछाडि छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आफ्नो पहिलो इनिङ्समा आर्मीले १७ ओभरमा ३ विकेटको क्षतिमा ८७ रन बनाएको छ । आर्मीका लागि भीम सार्कीले अर्धशतक बनाएर खेलिरहेका छन् । भीमले ५ चौका र ३ छक्का प्रहार गर्दै ५१ रनमा अविजित छन् । यस्तै, बसिर अहमद पनि १५ रनमा अविजित छन् ।

पुलिसका लागि सागर ढकालले ३ विकेट लिए ।

पहिलो दिनको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको थियो । दोस्रो दिन ४८ रन थप्दा ७ विकेट गुमाएपछि पुलिसले १३३-९ को अवस्थामा इनिङ ईन्डको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए भने अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाएर आउट भए ।

आर्मीका साहब आलमले ७ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक/एक विकेट लिए ।

 




भर्खरै