• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

अस्ट्रेलियाली क्रिकेटर डिन जोन्सको निधन



मुम्बईः अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयाघातका कारण बिहीबार मुम्बईमा निधन भएको छ । उहाँ ५९ वर्षका हुनुहुन्थ्यो ।
इन्डियन प्रिमियर लिग (आइपिएल) को कमेन्टेटरको रुपमा सहभागी हुन मुम्बईमा रहनु भएका जोन्सलाई मध्यान्हपख हृदयाघात भएको थियो ।
बुधबार मात्र क्रिकेट कमेन्ट्रीमा सहभागी भएका डिन जोन्स आज बिहीबार बिहान साथीहरुसँग बिहानको खाजानास्ता र समीक्षापछि होटल फर्किनु भएको थियो । होटलमा उहाँलाई हृदयाघात भएको थियो ।
जोन्सले अस्ट्रेलियाका लागि ५९ टेस्ट र १६४ एकदिवसीय क्रिकेट खेल्नु भएको थियो । उहाँले भारतको चेन्नाईमा भारत विरुद्ध दोहोरो शतक (२१० रन) प्रहार गर्नु भएको थियो । त्यो म्याचमा दुबै टिमबाट बराबर रन बनेका कारण “टाई” भएको थियो ।
उहाँ सन् १९८७ को अस्ट्रेलियाली विश्वकप टिमका सदस्य पनि रहनु भएको थियो जसमा अस्ट्रेलिया विजयी भएको थियो । उहाँले सन् १९९७–१९९८ मा क्रिकेटबाट सन्यास लिएपछि प्रशिक्षण र कमेन्ट्रीमा आफूलाई व्यस्त राख्नु भएको थियो ।