१३ श्रावण २०८२, मंगलवार
July 29, 2025 Tuesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 26.15

Wind: 1.03

Humidity: 88

Latest
संरक्षण नहुँदा भोजपुरको ‘टेम्केसिद्ध मन्दिर’ जीर्ण विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ: ऊर्जामन्त्री खड्का इराकमा अत्याधिक गर्मीः १३ प्रान्तमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम थाइल्याण्ड–कम्बोडिया युद्धविराम गर्न सहमत कैलालीका किसानलाई चैते धान भित्राउन चटारो भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी केटाकेटी बिरामी परिरहनेभएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी एमालेको १२ औं अपानि : विद्या भण्डारी राष्ट्रकै गहना हो,राजनीतिमा फर्कनु हुदैन आज पाँच संसदीय समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेकको आदेश आजै आउने



अ+ अ-

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि हुँदै छ । बहस सकिएपछि आजै आदेश आउने सम्भावना छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस भइरहेको छ । गत सोमबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो सार्वजनिक बिदा भएकाले आज फेरि बहस हुन लागेको हो ।

थुनछेक बहस सम्भवत: आजै सकिने भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरै बसेर कानुनी लडाइ लड्ने भन्ने आदेश आउन सक्ने जनाइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीवार ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँबाट छुटेपछि आइतबार लामिछाने आफैँ अदालतमा उपस्थित भएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको लामिछानेलगायत माथि आरोप छ ।