१३ श्रावण २०८३, बुधबार
,
Latest
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु



सांकेतिक तस्बिर ।
अ+ अ-

चितवन । गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोट रहनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी चराउन गएका उहाँलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

यसैबीच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएक एक जना देवघाटको झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन् । लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता हुनुभएको हो । परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस




भर्खरै