• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित

लिगकपको चौथो चरणमा सिटी र लिभरपुल



लन्डन । बिहीबार डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ ले हराएर लिगकपको चौथो चरणमा प्रवेश गरेको छ । खेल सकिन १५ मिनेट अगाडि फिल फोडेनले निर्णायक गोल गरे ।

प्रतियोगिताको पछिल्ला तीन संस्करणका विजेता सिटीले आफ्नो दोस्रो रोजाईका खेलाडी बाहुल्य रहेको टिम उतारेको थियो । कम समयमा धेरै खेल्नु पर्ने हुनाले अधिकांश ठूला टिमले यस प्रतियोगितामा युवा खेलाडी सम्मिलित टिम उतार्ने गरेका छन् ।

सिटीले बर्नमाउथविरुद्ध भने लियान डेलापको गोलले अग्रता लिएको थियो । बर्नमाउथका तर्फबाट साम स्टुरेजले गोल गरे । अब सिटीले बर्नलीविरुद्ध अन्तिम १६ को खेलमा खेल्नेछ ।

लिभरपुलले भने लिन्कनलाई ७–२ ले हरायो ।लिभरपुलको जितमा ताकुमी मिनामिनो र कर्टिस जोन्सले दुई-दुई गोल गरे ।