३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिगकपको चौथो चरणमा सिटी र लिभरपुल



अ+ अ-

लन्डन । बिहीबार डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ ले हराएर लिगकपको चौथो चरणमा प्रवेश गरेको छ । खेल सकिन १५ मिनेट अगाडि फिल फोडेनले निर्णायक गोल गरे ।

प्रतियोगिताको पछिल्ला तीन संस्करणका विजेता सिटीले आफ्नो दोस्रो रोजाईका खेलाडी बाहुल्य रहेको टिम उतारेको थियो । कम समयमा धेरै खेल्नु पर्ने हुनाले अधिकांश ठूला टिमले यस प्रतियोगितामा युवा खेलाडी सम्मिलित टिम उतार्ने गरेका छन् ।

सिटीले बर्नमाउथविरुद्ध भने लियान डेलापको गोलले अग्रता लिएको थियो । बर्नमाउथका तर्फबाट साम स्टुरेजले गोल गरे । अब सिटीले बर्नलीविरुद्ध अन्तिम १६ को खेलमा खेल्नेछ ।

लिभरपुलले भने लिन्कनलाई ७–२ ले हरायो ।लिभरपुलको जितमा ताकुमी मिनामिनो र कर्टिस जोन्सले दुई-दुई गोल गरे ।