• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

बायर्नलाई यूईएफए सुपरकपको उपाधि



बुडापेस्ट । बिहीबार बायर्न म्युनिकले सेभियालाई अतिरिक्त समयमा २–१ ले हराएर यूईएफए सुपरकपको उपाधी हाँसिल गरेको छ । यो कोरोना महामारीबीच दर्शकसहित भएको यो पहिलो ठूलो युरोपेली खेल हो ।  सब्स्टिच्युट जाभी मार्टिनेजले १०४औं मिनेटमा युरोपेली च्याम्पियनका लागि निर्णायक गोल गरे । यसअघि युरोपा लिग विजेता सेभियाले १३ औं मिनेटमा लुकास ओकाम्पोसको गोलले अग्रता लिएको थियो । लियोन गोरटेज्काले ३४ औं मिनेटमा बराबरी गोल फर्काए ।

पूरा खेल अवधिमा बायर्नकै दबदबा देखिएको थियो । बायर्न पछिल्ला ३२ खेलमा अपराजित रहेको छ र उसले यसक्रममा घरेलु लिग तथा कप दुवै जितेको थियो । यस्तै बार्यनले युरोपेली च्याम्पियन्स लिग पनि जितेको थियो ।

सन् २०१९ को डिसेम्बरमा बायर्न अन्तिम पटक पराजित रहेको थियो । बुडापेस्टको पुस्कास एरेनामा भएको खेलमा १५ हजार दर्शकलाई प्रवेशको अनुमति दिइएको थियो । युरोपेली फुटबलमा दर्शकको पुनरागमनका लागि यो पहिलो प्रयास मानिएको छ ।