२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षमा सरकारले कृषि अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ खर्च गर्यो



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदानमा खर्च गरेको छ ।

मन्त्री रामनाथ अधिकारीले आईतवार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट अनुदान लैजाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गर्नुभएको हो ।

उहाँले ५ वर्षमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएको बताउनु भयो । उहाँले त्यसमध्ये प्रत्यक्षतर्फ कृषि सहकारी र समूहले लगेको २० अर्ब ३० करोड र अप्रत्यक्षतर्फ अनुदानित रासायनिक मल ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ अनुदानमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । मन्त्री अधिकारीले कृषि अनुदानको रकम दुरुपयोग भएको आशंका व्यक्त गर्दै अनुदान लिनेको नाम सार्वजनिक गर्ने बताउनु भयो । उहाँले कृषि अनुदान लगेर दुरुपयोग गरिएको छ भने कारबाही हुने बताउनु भयो । उहाँले कृषि सहकारी, कृषि समूह तथा कृषि फार्ममार्फत पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको र उक्त रकम १ लाख ४१ हजार ६ सय ७० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले लगेको कृषिमन्त्री अधिकारीले जानकारी दिनुभयो । उहाँले रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाईबाट १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ प्रवाह भएको छ भने त्यसबाट २१ हजार ४ सय ५० कृषि सहकारी, समूह, फार्महरूले रकम लगेको बताउनु भयो । उहाँले कृषि क्षेत्र विकास कार्यक्रमबाट ८० करोड १९ लाख रुपैयाँ रकम प्रवाह भएको भन्दै त्यसमा २७ हजार ६ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले रकम लगेको बताउनु भयो । नेपाल लाइभस्टक इनोभेसन आयोजनाबाट १ अर्ब ९२ करोड ७५ लाख १३ हजार रुपैयाँ प्रवाह भएको बताउनु भयो । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाबाट १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ प्रवाह भएको छ ।

उहाँले भन्नुभयो,‘ कृषि मन्त्रालय वा अन्तरर्गतका निकायहरुबाट प्रधान गरिने सेवाको रुपमा रहेको अनुदान ग्राहीहरुको विवरण तयार गरी सार्वजनिक गरिएको छ । पछिल्लो पाँच वर्ष आर्थिक वर्ष २०७६र७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट अनुदान लाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गरेका छौं । यो अवधिमा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदानहरु प्रवाह भएका छन् । जसमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रहेको छ । प्रत्यक्षतर्फ मन्त्रालयअन्तर्गत स्वदेशी तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरुको सहकार्यमा सञ्चालित परियोजना लगायत उखु कृषकलाई प्रोत्साहन अनुदान,कृषि बीमाको प्रिमियममा लाग्ने रकममार्फत कृषि सहकारी,कृषि समूह तथा फर्मलाई वितरण गरिएको अनुदान २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ रहेको छ । अप्रत्यक्ष तर्फ रासायनिक मलमा ८७ अर्ब ३५ करोड ९७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।’

मन्त्री अधिकारीले उखु कृषक प्रोत्साहन अनुदानमार्फत ४ अर्ब ७ करोड २४ लाख २० हजार रुपैयाँ वितरण भएको जानकारी दिनुभयो । उहाँले कृषि बीमाको प्रिमियम अनुदानतर्फ ५० करोड ४८ लाख ८२ हजार, पशुपंक्षी तथा मत्स्य बीमाको प्रिमियम अनुदानतर्फ ५ अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएको बताउनु भयो ।




भर्खरै