२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लस एन्जलसको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो



अ+ अ-

एजेन्सी । हावाको वेग बढ्दै गएर आगोलाई पहिले नछोएका क्षेत्रहरूतर्फ धकेलिरहँदा दमकलकर्मीहरू शनिबार लस एन्जलस वरिपरिका विशाल डढेलोहरू नियन्त्रण गर्न समयसँगै दौडिरहेका थिए ।

सहरभर फैलिएको आगलागीबाट कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीले समुदायहरूलाई तहसनहस पारेको छ र हजारौँ दमकलकर्मीहरू र लाखौँ क्यालिफोर्नियाका बासिन्दाहरूको साहसको परीक्षा लिइरहेको छ ।

हवाई कर्मचारीहरूबाट सटीक उडानहरू सहित वीरतापूर्ण प्रयासहरू भए पनि पालिसेड्स आगलागी शनिबार बढ्दै गयो र यो पूर्वमा गेट्टी सेन्टर कला सङ्ग्रहालयको अमूल्य सङ्ग्रहहरू र उत्तरमा घना जनसङ्ख्या भएको सान फर्नान्डो उपत्यकातर्फ फैलिँदै छ ।

सारा कोहेनले लस एन्जलस टाइम्सलाई आफ्नो टार्जानास्थित घरमाथिको खतराबारे भन्नुभयो, “हामी चिन्तित छौँ, जब–जब उनीहरूले पानी खसाल्छन्, स्थिति राम्रो हुन्छ तर फेरि खराब हुन्छ ।”

मन्डेभिल क्यानियन क्षेत्रका फुटेजमा एउटा घर जलिरहेको देखाइएको छ । हावाको छोटो विश्राम द्रुत गतिमा हावाहुरीमा परिणत भइरहेको छ र यसले मौसम पूर्वानुमानकर्ताहरूका अनुसार आगामी दिनहरूमा आगलागीलाई बढाउनेछ ।

“दुर्भाग्यवश दक्षिणी क्यालिफोर्नियाका लागि आज फेरि गम्भीर आगो–मौसमको अवस्था बढ्नेछ र कम्तीमा अर्को हप्ताको सुरुसम्म रहनेछ”, राष्ट्रिय मौसम सेवाले भन्यो, “यसले चलिरहेका आगलागीहरूको विस्तार साथै नयाँ आगलागीहरूको विकासमा योगदान पु¥याउन सक्छ ।”

जीवित व्यक्तिहरूलाई सहरमा फैलिएको बाक्लो धुवाँका विषाक्त कणहरू सास फेर्नबाट बच्न बाहिर समय बिताउन वा मास्क लगाउन चेतावनी दिइएको थियो ।

पालिसेड्स आगलागी शनिबार ११ प्रतिशत नियन्त्रणमा थियो तर २३ हजार ६०० एकड (९,५०० हेक्टर) सम्म फैलिएको थियो भने इटन आगलागी १४ हजार एकडमा फैलिएको र १५ प्रतिशत नियन्त्रणमा थियो ।

आधिकारिक तथ्याङ्कले १२ हजारभन्दा बढी संरचना जलेको देखाउँछ तर क्याल फायरका टोड हप्किन्सले सबै घरहरू नभएको र सङ्ख्यामा बाहिरी भवनहरू, आरभी, सवारी साधन र छाप्राहरू पनि समावेश भएको बताउनुभयो ।

लुटपाट र रातको समयमा कफ्र्यूको रिपोर्टका साथ प्रहरी र नेसनल गार्डले मानिसहरूलाई विपद् क्षेत्रमा प्रवेश गर्नबाट रोक्नका लागि चौकीहरू स्थापना गरेका छन् ।

शव खोजी

यस त्रासदीमा मृत्यु भएकाहरूमध्ये सन् १९९० को दशकमा बेलायती टिभी शो ‘किड्डी क्यापर्स’ मा देखिएका पूर्व अस्ट्रेलियाली बाल कलाकार रोरी साइक्स पनि थिए ।

“मेरो सुन्दर छोरा रोरी साइक्सको हिजो मालिबु आगलागीमा मृत्यु भएको घोषणा गर्नुपर्दा म अत्यन्त दुःखी छु । म पूर्णतः टुटेकी छु”, उनकी आमा शेली साइक्सले सामाजिक सञ्जालमा लेख्नुभयो ।

अनुसन्धान

एफबिआई र ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्स (एटिएफ) र स्थानीय अधिकारीहरू मिलेर आगलागीको कारण पत्ता लगाउन ठूलो अनुसन्धान भइरहेको लस एन्जलस काउन्टीका सेरिफ रोबर्ट लुनाले भन्नुभयो ।

“हामी कुनै कसर बाँकी राख्ने छैनौँ, यदि यो आपराधिक कार्य हो भने –– म यस्तै हुन्छ भन्दिनँ –– यदि हो भने, जसले यो ग¥यो वा जुन समूह जिम्मेवार छ, उनीहरूलाई पक्राउ गर्नुपर्छ”, लुनाले कुनै जानकारी भएका व्यक्तिहरूलाई अगाडि आउन आग्रह गर्दै भन्नुभयो ।

डढेलो जानीजानी लगाइएको हुनसक्छ, तर प्रायः प्राकृतिक हुन्छन् र वातावरणको जीवन चक्रको महत्त्वपूर्ण हिस्सा हुन् ।

तर सहरी विस्तारले मानिसहरूलाई बढी जोखिममा पार्छ र जलवायु परिवर्तन–मानवताको जीवाश्म इन्धनको अनियन्त्रित प्रयोगले अतिप्रभावित गरेको–ले विनाशकारी आगलागी उत्पन्न गर्ने अवस्थाहरूलाई बढाइरहेको छ ।