२८ पुष २०८१, आईतवार
,
Latest
निजामति विधेयकमा वर्गीय आधारमा समानुपातिक आरक्षणको व्यवस्था गर्नुपर्छः संवैधानिक आयोगहरु आगामी चैतमा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुने लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस नियतमा सुधार गर्नेगरी भन्सार ऐन आउनुपर्छः निजी क्षेत्र साफ्टाको सदस्यबाट नेपाल बाहिर निस्कनुपर्छः पूर्वअर्थमन्त्री महत पाँच वर्षमा सरकारले कृषि अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ खर्च गर्यो चाकु र तरुल मानव शरीरका लागि लाभदायक रबि फेरि प्रहरी हिरासतमा, थुनछेक बहस भोलि जारी रहने संसदीय समितिको बैठकमा सांसदहरु नआएपछि बैठक सञ्चालनमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय प्रणालीभित्र दलहरुको भुमिका प्रमुख हुन्छः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरुको भुमिक प्रमुख हुने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भुमिक प्रमुख हुने बताउनुभएको हो ।

उहाँले दलहरुले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताउनु भयो । उहाँले दलको भुमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवद्र्धन हुने जिकिर गर्नुभयो । उहाँले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतालई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताउनु भयो । जनताका अभिमतहरु उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताउनु भयो । लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरुमाथि प्रश्न उठ्नु स्वभाविक भएको बतउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भुमिका सर्वप्रथम माथि रहन पुग्छ । त्यति मात्र होइन, दलहरु नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र दलको भुमिकामार्फत नै यसलाई प्रवद्र्धन गर्दै अघि जाने कुराहरु हुन्छन् । दल आफैँ यस्तो साधन हो जो, आम जनतालाई ठिक दिशामा लैजानसक्छ र जनताका अभिमतहरुलाई ठिक ढंगबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पु¥याउने र परिणाम दिने कामको साधक बनेर जानसक्छ । तर उ आफैँ लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसको प्रणालीहरु लोकतान्त्रिक छैनन्, उसले सूचना सम्बन्धीको कामलाई व्यवस्थित गर्नको लागि आफूलाई नै त्यसरी व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वभाविक छ ।’

सभामुख घिमिरेले जनतामा सूचनाको हकको अधिकार सुनिश्चित गर्न सबैले आफ्नो(आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनु भयो ।