२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते



अ+ अ-

मोरङ । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

“आजको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको छैँटौ हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष सिफारिस गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।

यस्तै वैठकले प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएको भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सरकारको कानुन प्रदेश मामिला समितिमा अध्ययन छलफलका लागि पठाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।