२८ पुष २०८१, आईतवार
,
Latest
काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः माओवादी प्रमुख सचेतक पाण्डे पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश निजामति विधेयकमा वर्गीय आधारमा समानुपातिक आरक्षणको व्यवस्था गर्नुपर्छः संवैधानिक आयोगहरु आगामी चैतमा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुने लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस नियतमा सुधार गर्नेगरी भन्सार ऐन आउनुपर्छः निजी क्षेत्र साफ्टाको सदस्यबाट नेपाल बाहिर निस्कनुपर्छः पूर्वअर्थमन्त्री महत पाँच वर्षमा सरकारले कृषि अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ खर्च गर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छः  पूर्वसभामुख सापकोटा



अ+ अ-
काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसद अधिवेशन नबोलाइएकोप्रति रोष प्रकट गर्नुभएको हो । उहाँले आफू सभामुख हुँदा र अरु बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको भएपनि अहिले यति ढिलो किन गरेको भन्दै प्रश्न गर्नुभयो । उहाँले संसद अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको बताउनु भयो । उहाँले संसद कुनैपनि देशको महत्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै कुराको सन्देश प्रवाह गर्ने जिकिर गर्नुभयो । उहाँले संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसदलाई बन्द गर्न नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसद कुनैपनि देशको महत्वपूर्ण संस्था हो । यसबाट शक्तिशाली सुशासनको धेरै ठूलो सन्देश जाने गर्दछ । हाम्रोले के त्यस्तो सन्देश दिन सकेका छौँ रु पूरै राष्ट्रलाई प्रतिध्वनित गर्न सकेका छौँ । त्यही संसदबाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभमुखकै जन्म हुन्छ । त्यस्तो संस्थालाई त्यत्तिकै राख्नु हुँदैन । म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद सुचारु भएको छ । यत्ति ढिला बोलाउने कुरा भएको छैन । के कारणले संसद नबोलाइएको हो रु वास्तवमा यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुल्दुली छ । त्यो कारण पत्ता लागेको छैन ।’
उपाध्यक्ष सापकोटाले आर्थिक, विकास र समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको चमत्कारिक विकास आवश्यक भएको बताउनु भयो । उहाँले अहिले नेपाल जटिल र पेचिलो अवस्थामा रहेको बताउनु भयो ।