४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

सृजनशिल बाल सेवा परिवारलाई जुडो म्याट सहयोग

सृजनशिल बाल सेवा परिवारलाई जुडो म्याट सहयोग
अ+ अ-

काठमाडौं । अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट शनिबार सहयोग स्वरुप प्रदान गरिएको छ ।

फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा सृजनशिलमा रहेका जुडो खेलाडीका लागि म्याट प्रदान गरिएको हो । सहयोगका लागि किवानिस इन्टरनेसनल नेपाल डिस्ट्रिक्ट के ६९ को सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली राष्ट्रिय जुडो खेलाडीले मोहन बमले पहल गरेका थिए । गत नोभेम्बरमा नेपाल भ्रमणमा आएको बेला लाउरेन्टसहितको टोलीले सृजनशिल हातामा रहेको जुडो हल र खेलाडीका बारेमा जानकारी लिएका थिए ।

सोही अवसरमा म्याट खरिदबाट बचेको रकमबाट सृजनशिलमा आश्रितका लागि खाद्यान्न सामाग्री पनि प्रदान गरिएको थियो । करिब १ लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराइएको किवानिस क्लब अफ एभरेष्टका संस्थापक अध्यक्ष दामोदर ढकालले जनाएका छन् । ढकालको पहलमा विगत ३ वर्षदेखि सृजनशिललाई वार्षिक ५ लाख रुपैयाँ पनि सहयोग गर्दै आएको कार्यक्रममा जानकारी दिइयो ।

किवानिस नेपाल डिस्ट्रिक्टका लागि सन् २०२०–२१ का गभर्नर इलेक्ट एकराज पन्त, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले सृजनशिलकी सञ्चालिका उमादेवी बस्नेतलाई म्याट र खाद्यान्न एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

काँडाघारीस्थित सृजनशिल हातामा जुडो हल पनि निर्माण गरिएको छ । हाल त्यहाँ १० जना खेलाडीलाई जुडो प्रशिक्षक उत्तमप्रताप राणाले प्रशिक्षण दिइरहेका छन् ।

कार्यक्रममा पन्तले विभिन्न जिल्लामा रहेको अनाथलयका जुडो खेलाडीका लागि किवानिसले सक्दो सहयोग गर्दै आइरहेको र भावी दिन पनि सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।

जुडो संघका अध्यक्ष वज्राचार्यले विभिन्न अनाथलयमा रहेका जुडो खेलाडीले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने कार्यमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको बताए । अध्यक्ष वज्राचार्यले विभिन्न अनाथलय सञ्चालन गरिरहेका संघ संस्थाले जुडो खेल प्रति देखाएको लगावको प्रशंसा गर्दै जुडो खेलको विकासमा गरेको योगदानका लागि धन्यवाद दिए ।

सञ्चालिका बस्नेतले सहयोगका लागि सम्पूर्ण टोलीलाई धन्यवाद दिदै यस्ता सहयोगले खेलाडीका साथै सञ्चालकको मनोबल उच्च पार्न सहयोग पु¥याएको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण पदक विजेताद्वय पुनम श्रेष्ठ र देविका खड्कालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमका दौरान सृजनशिलका जुडो खेलाडीले प्रदर्शनी खेल समेत प्रस्तुत गरेका थिए ।