• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

सृजनशिल बाल सेवा परिवारलाई जुडो म्याट सहयोग



काठमाडौं । अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट शनिबार सहयोग स्वरुप प्रदान गरिएको छ ।

फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा सृजनशिलमा रहेका जुडो खेलाडीका लागि म्याट प्रदान गरिएको हो । सहयोगका लागि किवानिस इन्टरनेसनल नेपाल डिस्ट्रिक्ट के ६९ को सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली राष्ट्रिय जुडो खेलाडीले मोहन बमले पहल गरेका थिए । गत नोभेम्बरमा नेपाल भ्रमणमा आएको बेला लाउरेन्टसहितको टोलीले सृजनशिल हातामा रहेको जुडो हल र खेलाडीका बारेमा जानकारी लिएका थिए ।

सोही अवसरमा म्याट खरिदबाट बचेको रकमबाट सृजनशिलमा आश्रितका लागि खाद्यान्न सामाग्री पनि प्रदान गरिएको थियो । करिब १ लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराइएको किवानिस क्लब अफ एभरेष्टका संस्थापक अध्यक्ष दामोदर ढकालले जनाएका छन् । ढकालको पहलमा विगत ३ वर्षदेखि सृजनशिललाई वार्षिक ५ लाख रुपैयाँ पनि सहयोग गर्दै आएको कार्यक्रममा जानकारी दिइयो ।

किवानिस नेपाल डिस्ट्रिक्टका लागि सन् २०२०–२१ का गभर्नर इलेक्ट एकराज पन्त, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले सृजनशिलकी सञ्चालिका उमादेवी बस्नेतलाई म्याट र खाद्यान्न एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

काँडाघारीस्थित सृजनशिल हातामा जुडो हल पनि निर्माण गरिएको छ । हाल त्यहाँ १० जना खेलाडीलाई जुडो प्रशिक्षक उत्तमप्रताप राणाले प्रशिक्षण दिइरहेका छन् ।

कार्यक्रममा पन्तले विभिन्न जिल्लामा रहेको अनाथलयका जुडो खेलाडीका लागि किवानिसले सक्दो सहयोग गर्दै आइरहेको र भावी दिन पनि सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।

जुडो संघका अध्यक्ष वज्राचार्यले विभिन्न अनाथलयमा रहेका जुडो खेलाडीले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने कार्यमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको बताए । अध्यक्ष वज्राचार्यले विभिन्न अनाथलय सञ्चालन गरिरहेका संघ संस्थाले जुडो खेल प्रति देखाएको लगावको प्रशंसा गर्दै जुडो खेलको विकासमा गरेको योगदानका लागि धन्यवाद दिए ।

सञ्चालिका बस्नेतले सहयोगका लागि सम्पूर्ण टोलीलाई धन्यवाद दिदै यस्ता सहयोगले खेलाडीका साथै सञ्चालकको मनोबल उच्च पार्न सहयोग पु¥याएको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण पदक विजेताद्वय पुनम श्रेष्ठ र देविका खड्कालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमका दौरान सृजनशिलका जुडो खेलाडीले प्रदर्शनी खेल समेत प्रस्तुत गरेका थिए ।