३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्साहित हुँदै ब्याडमिन्टन अभ्यासमा फर्किए खेलाडी



अ+ अ-

काठमाडौं । आइतबारबाट त्रिपुरेश्वर स्थित राखेपको कर्भड हलमा ब्याडमिन्टनले अभ्यास थालेको छ । लामो समय देखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । तर पहिलो दिन खेलाडी कभर्डहलमा पस्दा हलको अवस्था भने दयनीय देखियो । एकातिर कभर्डहल मर्मत सम्भार काम भइरहेको थियो भने अर्कोतिर खेलाडी आफै सरसफाईमा जुट्दा अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) भने यस बारेमा बेखबर थियो । कोरोना भाइरसको असरबाट ठप्प भएको नेपालको खेलकुद अझै चलायमान हुन सकेको छैन । गत साताबाट सरकारले निषेधाज्ञा हटाएपछि अन्य क्षेत्र जस्तै खेलकुद पनि फर्किने सोचमा छ । ब्याडमिन्टनका केही खेलाडी बिहानै कभर्डहलमा उपस्थित थिए । प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहेका थिए ।

कोरोना भाइरसका कारण कोर्ट बाहिर रहेका खेलाडीहरुमा उमंग छुट्टै  देखिन्थ्यो । तर कभर्डहल भित्र पस्दा वातावरण भने निकै फरक थियो । खेलाडीहरु बाल्टीनमा पानी, हातमा झारु र ब्रसले परेवाले विष्टाएको फोहोर सफा गर्न व्यस्त थिए । थला परेको खेलकुद फर्किनु अहिलेको आवश्यकता हो । खेलाडी अभ्यासमा फर्किन पाउनु पनि सकारात्मक विषय हो । नेपाल ब्याडमिन्टन संघ पनि अभ्यासमा फर्काउन पाउँदा खुसी छ । खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पालना गर्न सबै खेलाडी तयार छन् । आइतबारबाट अभ्यासमा फकिर्न संघले जानकारी गराएर अनुमति पाए पनि वातावारण भने खेलाडी मैत्रि नहुनु विडम्बना हो ।

दुई घन्टा लामो सरसफाई पछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन कोर्टमा खेलाडीलाई सामान्य अभ्यास गराए । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने बताए । प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए । नेपालमा खेलकुदका पूर्वाधार न्यून र सिमित छन् । एउटै स्थलमा धेरै प्रतियोगिता गर्न हामी विवस छौं । तर भएका सिमित पूर्वाधारलाई पनि सही तरिकाले संरक्षण गर्न नसक्नु आलोचनाको विषय हो । राष्ट्रका लागि खेल्ने खेलाडीलाई उचित वातावरणबाट खेलमा फर्काउन राज्यले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।