२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुप्रिम सहकारी ठगी: रविसहितलाई प्रतिवादी कायम गर्नुपर्ने रायसहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन



अ+ अ-

काठमाडौं । बुटवल प्रहरीले सुप्रिम बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएको छ ।

सहकारीको अनुसन्धान पुरा गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले बताए । प्रहरीले रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी समेतलाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको छ ।

कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । पछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।

अनुसन्धान प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि बिहीबार कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए । उनी ६५ लाख धरौटी बुझाएर हिरासत मुक्त भएका हुन् ।




भर्खरै