२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुप्रिम सहकारी ठगी: रविसहितलाई प्रतिवादी कायम गर्नुपर्ने रायसहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन



अ+ अ-

काठमाडौं । बुटवल प्रहरीले सुप्रिम बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएको छ ।

सहकारीको अनुसन्धान पुरा गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले बताए । प्रहरीले रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी समेतलाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको छ ।

कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । पछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।

अनुसन्धान प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि बिहीबार कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए । उनी ६५ लाख धरौटी बुझाएर हिरासत मुक्त भएका हुन् ।