३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लारियललाई ४–० ले हराउँदै ला लिगामा बार्सिलोनाको सानदार सुरुवात



अ+ अ-

बार्सिलोना । स्पेनी ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–० ले हराउँदै शानदार सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाको यो सानदार सुरुवात हो । किशोर फरवार्ड अन्सु फाटीले सुरुमा दुई गोल गरे । फाटीले खेलको १५औं र १९औं मिनेटमा गोल गरेका थिए । क्लबको एकेडेमीबाट उत्पादन भएका १७ वर्षीय फाटी बार्सिलोनाको सिनियर टिममा दोस्रो वर्ष खेलिरहेका छन् ।

खेलको ३५औं मिनेटमा पाएको पेनाल्टीलाई कप्तान मेसीले गोलमा परिणत गरे । बार्सिलोनाको चौथो गोल भिल्लारियल डिफेन्डर पउल टोरेसको नाममा आत्मघाती रह्यो ।

यसअघि एटलेटिको म्याड्रिडले ग्रेनेडालाई पनि सजिलै ६–१ ले हरायो र त्यसमा डेब्यु गरिरहेका लुइस स्वारेजले दुई गोल गरे ।