२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० खेलाडीमा सीमित युभेन्टसले रोमालाई बराबरीमा रोक्यो



अ+ अ-

रोम । क्रिस्टियानो रोनाल्डोले गरेको दुई गोलले १० खेलाडीमा सीमित युभेन्टसले आइतबार इटालीको सिरी ‘ए’ मा एएस रोमालाई २–२ को बराबरीमा रोक्यो । रोमाले जोर्डन भेरेटोउटको दुई गोलमा दुई पल्ट अग्रता लिएको थियो ।

दुवै अवसरमा रोनाल्डोले बराबरी गोल फर्काए । भेरेटाउट र रोनाल्डो दुवैले एक-एक गोल पेनाल्टीबाट गरे ।

युभेन्टसका मिडफिल्डर एड्रियन रेबियट दोस्रो पहेँलो कार्डसँगै मैदान छाड्न बाध्य रहे र युभेन्टस दस खेलाडीमा सीमित रह्यो । युभेन्टसको दुई खेलबाट चार अंक भएको छ ।