२६ पुष २०८१, शुक्रबार
,
Latest
प्रेस चौतारीको विराटनगरमा हुने महाधिवेशनको उद्घाटन ओलीले गर्ने मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह क्यालिफोर्नियाको आगलागी ४० हजार एकडमा फैलियो, अवस्था भयावह बन्दै अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार लिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल खाद्य गोदामबाट चामल वितरण सुरु सलिम खानले सलमान अविवाहित हुनुको कारण बताए विश्वकप खेल्ने यू-१९ महिला क्रिकेट टिमको बिदाई ट्राफिक लाइटको शुरुवातसँगै बुटवलमा ट्राफिक जाम हट्ने विश्वास शीतलहरका कारण नवलपरासीसहित तराई–मधेसको जनजीवन प्रभावित सशस्त्र प्रहरीका चार नायव महानिरीक्षकहरुको १ वर्ष पदावधि थप गर्ने सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

८४ दिनपछि प्रहरी हिरासतबाट रवि छुट्दा पोखरामा जे देखियो (फोटो फिचर)



अ+ अ-

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत् धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

अब अदालती प्रक्रिया पूरा गरेर रविसहित सबै प्रतिवादीलाई फिस्टेल अस्पताल पोखरामा स्वास्थ्य परीक्षणका लागि गरिएको थियो ।

अस्पतालमा स्वास्थ्य परीक्षण गरिसकेपछि उनीहरुलाई परिवारको जिम्मा लगाइएको हो ।

रविलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने सर्तमा रिहा गरिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।