२६ पुष २०८१, शुक्रबार
,
Latest
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने जिमी कार्टरको राजकीय अन्त्येष्टिमा अमेरिकी शोक टोखाको चाकु अर्थात ‘नेपाली चकलेट’: विचौलियाको मारमा व्यवसायी, सरकारले गर्दैन सहयोग रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित स्पेनिस सुपर कपको फाइनलमा रियल र बार्सिलोना भिड्ने झापामा सीमास्तम्भ मर्मत गरिँदै प्रधानमन्त्री ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेट, के भयो कुरा ? रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै, थुनामुक्त भएपछि भने– ‘धेरै लडाईं बाँकी छ’ पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कोसँग कति धरौटी माग ?



अ+ अ-

पोखरा । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई रु पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटी माग गरेको छ ।

अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा सभापनि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

धरौटीमा रिहा भएका प्रतिवादीको मुद्दामा थप अनुसन्धान हुनेछ ।