काठमाडौँ । सहकारी ठगीसम्बन्धी मुद्दामा आरोपित पूर्वडीआइजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश भएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
यसै प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि अदालतले धरौटीमा छाड्न भनेको छ । उनलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरिएको छ ।