२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ



अ+ अ-

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।

पोखरेल बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ परेका हुन् । पोखरेलले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।

उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो । अदालतको आदेश पछि प्रहरीले पोखरेललाई खोजी गरिरहेको थियो ।

ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाउनु भएको थियो ।