२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा डढेलो : पाँच जनाको मृत्यु, लाखौं विस्थापित



तस्बिर: सीबीसी
अ+ अ-

अमेरिका । अमेरिकाको लस एन्जलसमा लागेको डढेला वस्तीमा फैंलिँदा पाँच जनाको मृत्यु भएको छ । एक हजारभन्दा धेरै संरचना ध्वस्त भएका छन् ।

मंगलबार पालिसेडबाट सुरु भएको आगोले त्यसै क्षेत्रमा सबैभन्दा बढी क्षति गरेको हो । लाखौं मानिस घर छाड्न बाध्य भएका छन् । यसरी घर छाड्नेहरू मध्य पालसेडमा ३७ हजार छन् ।

इटनबाट एक लाख जनाले घर छाडेका छन् । पालसेड इटोन, रस्ट र उड्ली गरेर चार क्षेत्रमा डढेलोले असर गरेको थियो ।

प्यासिफिक पेलिसेडको छेवैमा रहेको सान्टा मोनिकामा पनि धेरैलाई सो स्थान छाड्नका लागि आदेश दिइएको छ । अन्य पहाडी क्षेत्रको तुलनामा बाक्ले बस्ती रहेको सो स्थानमा अहिले धेरै घरमा ढोका लगाइएका छन्। मानिस ओसार्नका लागि बस तैनाथ छन् ।

लस एन्जलसबाट विस्थापित हुनेमा कमला ह्यारिसको परिवार पनि छ । ह्यारिसको लसएन्जलसमा रहेको घर पनि डढेलोले प्रभावित भएको छ । डढेलोका कारण १५ लाख जनाले बिजुलीको सुविधा गुमाएका छन् ।