७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी

सुपर ओभरमा मुम्बई पराजित, किसनको ९९ रन काम लागेन

सुपर ओभरमा मुम्बई पराजित, किसनको ९९ रन काम लागेन
अ+ अ-

दुबईः रेकर्ड चार पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई सोमबार विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरमा पराजित गरेको छ । दुबईमा खेलिएको यस खेलमा बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । प्रत्युत्तरमा मुम्बईले पनि २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन बनाएर खेल बराबरी (टाई) बनाएको थियो ।

यसपछि नवदीप सैनीले गरेको कसिकसाउ बलिङमा सुपर ओभरमा मुम्बईले ७ रन मात्र बनाउन सक्यो । बैंगलोरका कप्तान विराट कोहलीले अन्तिम बलमा चौका प्रहार गरी टिमलाई जित दिलाए । मुम्बईका लागि सुपर ओभरको बलिङ जसप्रित बुमराहले गरेका थिए ।

किसन–पोलार्डको धुवाँधार ब्याटिङ काम लागेन

मुम्बईका लागि युवा ब्याट्सम्यान इसान किसनले ९९ रनको महत्वपूर्ण पाली खेलेका थिए तर अन्तिम ओभरको पाँचौं बलमा उनी आउट भए । उनले ५८ बलको पालीमा २ चौका र ९ छक्का प्रहार गरेका थिए । उनले किरोन पोलार्डसँग पाचौं विकेटका लागि ११९ रन बनाएर शतकीय साझेदारी गरेका थिए । पोलार्डले भने २४ बलमा नटआउट ६० रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरेका थिए ।

अन्तिम ४ ओभरमा मुम्बईलाई चाहिएको थियो ८० रन

मुम्बई इन्डियन्सलाई अन्तिम चार ओभरमा जितका लागि ८० रन चाहिएको थियो । मुम्बईका बिग हिटर पोलार्डले एडम जम्पाको १७औं ओभरको बलिङमा ३ छक्का र १ चौका प्रहार गरेर १७ औं ओभरमा स्कोर ४ विकेटमा १४९ बनाए । अन्तिम १२ बलमा मुम्बईलाई ३१ रन आवश्यक थियो । नवदीप सैनीले १९औं ओभरमा १२ रन मात्र थिए । मुम्बईलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो । इसुरु उदानाको अन्तिम ओभरको तेस्रो र चौथो ओभरमा किसनले छक्का प्रहार गरे तर अन्तिम बलमा ९९ को व्यक्तिगत रनमा किसन आउट भए ।

एबीको प्रभावशाली खेल

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरका लागि ओपनर आरोन फिन्च, देवदत्त पडिकल र एबी डि भिलियर्सले अर्धशतकीय पाली खेलेका थिए । एबीले २४ बलमा ४ चौका र ४ छक्काको मद्दतले अविजित ५५ रन बनाए । शिभम दुबेले पनि १० बलमा २७ रन बनाएर टिमको स्कोर २०२ बनाउन महत्वपूर्ण योगदान दिए ।
आइपिएलको यस सिजनको खेलमा यो दोस्रो पटक म्याच टाई भएको हो ।  

RCB vs Mumbai Indians

एजेन्सी