३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलमाथि लिभरपुलको सानदार जित



अ+ अ-

लिभरपुल । लिभरपुलले सोमबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ३–१ ले हराएको छ । लिग उपाधि रक्षा गर्ने अभियानमा रहेको लिभरपुलले यससँगै सुरुआती तीन खेलमै सफलता हात पारेको छ ।

सुरुआती दुई खेल जितेको आर्सनलले पनि एनफिल्डमा भएको खेलमा एलेक्जान्डर लेकाजेटको गोलमा अग्रता लिएको थियो । तर खेलमा फर्कने क्रममा लिभरपुलका लागि साडियो माने, एन्ड्रयु रोबटर्सन र डिएगो जोटोले गोल गरे ।

खेल सकिन १० मिनेट अगाडि व्यवस्थापक योर्गन क्लोपले पोर्चुगाली खेलाडी जोटालाई घरमा डेब्यु गराए । उनले ८८ औं मिनेटमा गोल गर्दै टिमको जित निश्चित गरे । यो खेलपछि लिभरपुलको तीन खेलबाट ९ अंक भएको छ ।