• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

आर्सनलमाथि लिभरपुलको सानदार जित



लिभरपुल । लिभरपुलले सोमबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ३–१ ले हराएको छ । लिग उपाधि रक्षा गर्ने अभियानमा रहेको लिभरपुलले यससँगै सुरुआती तीन खेलमै सफलता हात पारेको छ ।

सुरुआती दुई खेल जितेको आर्सनलले पनि एनफिल्डमा भएको खेलमा एलेक्जान्डर लेकाजेटको गोलमा अग्रता लिएको थियो । तर खेलमा फर्कने क्रममा लिभरपुलका लागि साडियो माने, एन्ड्रयु रोबटर्सन र डिएगो जोटोले गोल गरे ।

खेल सकिन १० मिनेट अगाडि व्यवस्थापक योर्गन क्लोपले पोर्चुगाली खेलाडी जोटालाई घरमा डेब्यु गराए । उनले ८८ औं मिनेटमा गोल गर्दै टिमको जित निश्चित गरे । यो खेलपछि लिभरपुलको तीन खेलबाट ९ अंक भएको छ ।