१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३ वर्षपछि छाब्दी मार्गमा कालोपत्रे



(सांकेतिक तस्बिर)
अ+ अ-

तनहुँ । तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग करिब २३ वर्षपछि कालोपत्रे गरिएको छ । उक्त मार्गअन्तर्गत व्यासनगरपालिका–१ स्थित गल्बुबेसी सडक खण्डमा कालोपत्रे गरिएको हो । विसं २०५४ सालमा ट्र्याक खोलिए पनि हाल नगरपालिकाको आर्थिक सहयोगमा उक्त मार्गमा कालोपत्रे गरिएपछि त्यस क्षेत्रको मुहार फेरिएको छ । नगरपालिकाको रु ११ लाख र जनसहभागिता लागत रु पाँच लाख गरी रु १६ लाखको लागतमा उक्त मार्गमा कालोपत्रे गरिएको पुरानो छाब्दीमार्ग कालोपत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष रामराज अधिकारीले जानकारी दिए ।

उक्त बजेटमार्फत करिब ३०० मिटर सडक कालोपत्रे गर्नुका साथै १२ मिटर लम्बाइ आरसिसी ढलान गरी पानी कटाउने नालासमेत निर्माण सम्पन्न गरिएको उनले बताए । पुरानो सडक मार्गको रूपमा परिचित उक्त सडक वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या त्यसक्षेत्रका बासिन्दा तथा यात्रुहरुले भोग्नुपरेको थियो । 

पृथ्वी राजमार्गको बुल्दी खोलादेखि चारकुनेसम्मको करिब डेढ किलोमिटर दूरीमध्ये गत वर्ष ४०० मिटर दूरी सडक कालोपत्रे गरिएको थियो । उक्त सडकअन्तर्गत कालोपत्रे गर्न बाँकी रहेको करिब ६०० मिटर सडक मार्गमा भने यसअघि नै ग्राबेल गरिएको छ ।