८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका कुन–कुन ठाउँमा लगाइँदैछ बुस्टर डोज ?



अ+ अ-

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा ठाउँबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दिने भएको छ ।

तत्कालका लागि अग्रपंक्तिमा (फन्टलाइनर) काम गर्नेहरुलाई बुस्टर मात्रा दिइन लागिएको हो । अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

बुस्टर मात्रा लगाउनका लागि दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्ने र यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ । 

आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ । 

बुस्टर डोज लगाइने केन्द्रहरुः
विरेन्द्र सैनिक अस्पताल, छाउनी
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु
सहिद मेमोरियल अस्पताल, कलंकी
लोट्से भवन, नयाँ बसपार्क
नेपाल प्रहरी अस्पताल, महाराजगन्ज
वीर अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
बयोधा अस्पताल, बल्खु
प्रसूति रोग तथा स्त्रिरोग अस्पताल, थापाथली
निजामती अस्पताल, नयाँबानेश्वर
एपेक्स पोलिक्लिनक, जडिबुटी
काठमाडौं मोडल अस्पताल, प्रदर्शनीमार्ग
नर्भिक अस्पताल, थापाथली
शुभेच्छा अस्पताल, सीतापाइला
नोबेल अस्पताल, सिनामंगल
पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, सामाखुसी
जनमैत्री अस्पताल, बालाजु