१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी र नेता विशेष होइन, जनताको पक्षमा संविधान संशोधनः नेता सिटौला



अ+ अ-

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

बुधवार झापाको कचनकवलमा आयोजित नेपाली काँग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिटौलाले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने बताउनु भयो ।

उहाँले जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताउनु भयो । संविधान जारी भएपछि आजसम्मको राज्य सञ्चालनका बारेमा पनि समीक्षा जरुरी रहेको बताउनु भयो । देशकै ठूलो राजनीतिक दल भएर पनि दोस्रो ठूलो दलका नेतालाई काँग्रेसले प्रधानमन्त्री मानेर अघि बढिरहेको बताउनु भयो ।

सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली काँग्रेस पार्टीको नीतिगत नेतृत्व रहेको बताउनु भयो ।

नेता सिटौलाले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टी समग्रमा नेपाली जनताको अधिकारको लागि संघर्ष गर्दै आएको छ । जनताको आर्थिक प्रगतिका लागि त्यति नै संकल्परत छ ।

हामी देशको प्रगतिका लागि सबैलाई एकाकार गरेर, सबैलाई हिँडाउन हामी तत्पर छौँ । अहिले नेकपा एमाले र नेपाली काँग्रेसको सरकार छ । ओलीजीले सरकारको नेतृत्व गर्नुभएको छ, एमालेको अध्यक्षले । हामी सरकारमा सामेल छौँ । आजको दिनमा पनि नेपालमा सबैभन्दा ठूलो पार्टी गएको निर्वाचनको मात्रै तुलना गर्ने हो भने नेपाली काँग्रेस पार्टी सबैभन्दा ठूलो र शक्तिशाली पार्टी छ ।

स्थानीय तहमा पनि र सबैतिर हामी ठूलो पार्टी छौँ । हामी ठूलो पार्टी भएर पनि दोस्रो पार्टी एमालेको नेतालाई प्रधानमन्त्रीमा समर्थन गरेका छौँ । सरकारमा सामेल भएका छौँ । सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली काँग्रेस पार्टीको नीतिगत नेतृत्व रहनेछ । हाम्रो विचारलाई वाद गरेर, हामीले अंगालेको नीतिलाई वाद गरेर संविधानले स्थापित गरेको मार्गलाई वाद गरेर कोही अगाडि जान सक्दैन । त्यसैले हामीले भन्ने गरेका छौँ, संविधान संशोधन गरौँ, जनताको पक्षमा ।

पार्टी विशेषको पक्षमा होइन । नेता विशेषको पक्षमा होइन, संविधानको कुन धाराले जनताको हितमा बाधा पारेको छ, स्थानीय सरकारलाई जनताको काम गर्न केले बाधा गरेको छ ? प्रदेश सरकारलाई केले बाधा ग¥यो । संघीय सरकारलाई केले बाधा गरेको छ । संविधान जारी भएपछि आजसम्म राज्य सञ्चालन कसरी भयो त्यसको समीक्षा गरौँ ।’

नेता सिटौलाले अहिलेसम्म संघीय शिक्षा ऐन बन्न नसक्नु दुःखको विषय भएको बताउनु भयो । सबै जाति बलियो भएमात्रै देश बलियो हुने बताउनु भयो ।