४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

रामचरणको कार्यक्रममा गएका २ फ्यानको मृत्यु

रामचरणको कार्यक्रममा गएका २ फ्यानको मृत्यु
अ+ अ-

एजेन्सी । रामचरण र कियारा आडवाणी स्टारर फिल्म ‘गेम चेन्जर’ जनवरी १० मा रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि आन्ध्र प्रदेशको राजमुन्द्रीमा फिल्मको प्रि-रिलिज कार्यक्रम आयोजना गरिएको थियो, जहाँबाट रामचरणका दुई फ्यानको दुर्घटनामा मृत्यु भएको छ ।

फिल्म गेम चेन्जरका मुख्य अभिनेता राम चरण र आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण पनि राजमुन्द्रीमा आयोजित पूर्व-रिलीज कार्यक्रममा उपस्थित थिए ।

डिसेम्बर ४ मा भएको कार्यक्रममा राम चरणका दुई फ्यान अर्वा मणिकान्त (२३) र थोकडा चरण (२२) पनि सहभागी भएका थिए । कार्यक्रम सकिएपछि मोटरसाइकलमा फर्कदै गर्दा राति करिब ९ः३० बजे तिव्र गतिको भ्यानले उनीहरुलाई ठक्कर दिएको थियो ।

दुवैलाई तत्कालै नजिकैको पेड्डापुरम अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । दुवै फ्यान काकीनाडा जिल्लाका बासिन्दा थिए ।

दुर्घटनापछि चलचित्रका मुख्य कलाकार रामचरणले मृतकका परिवारलाई ५र५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यसका साथै पवन कल्याणले परिवारलाई पाँच लाख रुपैयाँ दिने वाचा पनि गरेका छन् ।