१३ माघ २०८१, आईतवार
,
Latest
‘कतै राप्रपा केन्द्रीय समितिको बैठक ‘कामकाज एकातिर कुम्लो बोकि ठिमितिर त भएन ?’ सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेको तेस्रो दिनको बहस सुरु एनसिआईएफएफको छैटौं संस्करण काठमाडौंमा : ४७ देशका ९८ चलचित्रहरु सहभागी माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान सिफल उकालोमा स्मृति सभा संसद अधिवेशनको तयारीबारे प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख तिलकको अर्धशतकसँगै भारतले इंग्ल्याण्डलाई हरायो रास्वपाको सचिवालय बैठक बस्दै अर्थतन्त्र चलायमान बनाउन अध्यादेश: अर्थमन्त्री पौडेल बाँसखर्क अर्थात् सुन्तलाखर्कः पाखैभरि पहेँलपुर सुन्तला कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचरणको कार्यक्रममा गएका २ फ्यानको मृत्यु



अ+ अ-

एजेन्सी । रामचरण र कियारा आडवाणी स्टारर फिल्म ‘गेम चेन्जर’ जनवरी १० मा रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि आन्ध्र प्रदेशको राजमुन्द्रीमा फिल्मको प्रि-रिलिज कार्यक्रम आयोजना गरिएको थियो, जहाँबाट रामचरणका दुई फ्यानको दुर्घटनामा मृत्यु भएको छ ।

फिल्म गेम चेन्जरका मुख्य अभिनेता राम चरण र आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण पनि राजमुन्द्रीमा आयोजित पूर्व-रिलीज कार्यक्रममा उपस्थित थिए ।

डिसेम्बर ४ मा भएको कार्यक्रममा राम चरणका दुई फ्यान अर्वा मणिकान्त (२३) र थोकडा चरण (२२) पनि सहभागी भएका थिए । कार्यक्रम सकिएपछि मोटरसाइकलमा फर्कदै गर्दा राति करिब ९ः३० बजे तिव्र गतिको भ्यानले उनीहरुलाई ठक्कर दिएको थियो ।

दुवैलाई तत्कालै नजिकैको पेड्डापुरम अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । दुवै फ्यान काकीनाडा जिल्लाका बासिन्दा थिए ।

दुर्घटनापछि चलचित्रका मुख्य कलाकार रामचरणले मृतकका परिवारलाई ५र५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यसका साथै पवन कल्याणले परिवारलाई पाँच लाख रुपैयाँ दिने वाचा पनि गरेका छन् ।