२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधिन पोखरा रंगशाला निर्माणको ८६ प्रतिशत काम सम्पन्न



अ+ अ-

काठमाडौं । निर्माणाधिन पोखरा रंगशाला निर्माणको भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ ।  

करिव १ अर्व २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । माछापुच्छ«्रे हिमालको फेदमै निर्माणाधीन यो रंगशाला निर्माण भएपछि नेपालकै ठूलो रंगशाला हुनेछ । पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताउनुभयो । भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो । स्टेडियमको पश्चिमतर्फ भिआइपी सिट मध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिलेसम्म अहिले पोखरा रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उहाँले बताउनुभयो ।

चेन्जिङ्ग रुम, मिडिया सेन्टर लगायतको काम सकिएको उहाँले बताउनुभयो । अब छत सँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । स्टेडियमको चारैतिरको पिच निर्माणधिन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन् । ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी रहेको छ । मंसिर १५ देखि २४ गतेसम्म जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेलहरु यही पोखरा रंगशालामा सम्पन्न भएका थिए ।