काठमाडौं । कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत ५७ वर्षकी महिला स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।
अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सविन थपलियाका अनुसार उनलाई असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनमा दम र थाइराइडको समस्या देखिएको र आईसीयूमा उपचाररत अवस्थामा निमोनिया पनि देखिएको डा. थपलियाले जानकारी दिए ।
उनका अनुसार मृतक स्वास्थ्यकर्मी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी भने होइनन् । उनको घरमा श्रीमान र छोरीलाई पनि कोरोना संक्रमण देखिएको थियो । उनलाई घरबाट संक्रमण भएको हुनसक्ने अस्पतालले बताएको छ ।











