११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से आज पुनः ओरालो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कूल १९२ कम्पनीको ७३ लाख पाँच हजार १११ कित्ता शेयर रु एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोबार उकालो लागेको छ भने नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् २८.०५, उत्पादन ६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले उकालो लागेको छ । बैंकिङ १०.८२, व्यापार २४, होटल १०.०८, विकास बैंक ०.६८, वित्त २.८, निर्जीवन बीमा ४४.९९, अन्य ४.९४, लघुवित्त १३.५८ र जीवन बीमा ४२.९६ विन्दुले घटेको छ ।

कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १७ करोड ४१ लाख ८४ हजार २३९ बराबरको कारोबार भयो । यस्तै हिमाल दोलखा हाइड्रोपावर रु १० करोड ६२ लाख ७६ हजार १३७, नेपाल पुनर्बीमा कम्पनी रु सात करोड ८१ लाख ६१ हजार १७६, अरुण भ्याली हाइड्रो पावर रु सात करोड सात  लाख ७० हजार ९९०, एचआइडिसिएल रु चार करोड ५६ लाख ४२ हजार ३९३, नेपाल बैंक लिमिटेड रु चार करोड २९ लाख ४४ हजार १७८ र युनिभर्सल पावरको रु चार करोड दुई लाख ३९ हजार ८२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज जोशी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, हिमालयन ऊर्जा विकास कम्पनी ९.९३, आँखु खोला जलविद्युत् कम्पनी ९.९०, घलैम्दी हाइड्रोपावर ९.९०, युनाइटेड मोदी हाइड्रोपावर ९.७२ र युनिभर्सल पावरका लगानीकर्ताले ९.६५ प्रतिशतले आर्जन गरेका छन् । त्यस्तै सपोर्ट लघुवित्त ३.६२, रिलायन्स फाइनान्स ३.५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३०, साल्ट टे«डिङ कर्पोरेसन २.७४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २.४० प्रतिशतले गुमाएका छन् ।