२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्लान्ट’बाट निस्केको धुवाँले वातावरणमा असर



अ+ अ-

पथरी । ‘एसियन हाईवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पु¥याएको स्थानीयवासी गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धुलो, धँुवा, दूषित पानी, विकार कच्चापदार्थ र आवाजले समुदायमा असर परेको जनाइएको छ ।

स्थानीयवासीसँग आठ वर्षका लागि जग्गा भाडामा लिएर निर्माणकम्पनीले प्लान्ट स्थापना गरेर हाईवे निर्माणको काम सुरु गरेको छ । स्थानीयसँगको सहकार्यबिना र पथरी शनिश्चरे नगरपालिकालाई जानकारी नगराई प्लान्ट स्थापना गरेर निर्माण सुरु गरेको स्थानीयले गुनासो गरेका हुन । कम्पनीले बस्तीभित्रै प्लान्ट राख्नाले घरभित्र धुलो पस्ने र बारीमा दूषित पानी, धुलो र धँुवापसी बाली नष्ट भएको स्थानीय भीम मगर बताउनुहुन्छ ।

प्लान्टबाट निस्किएको दूषित पानी र धुलो धँुवाका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन आधा घटेको उहाँको भनाइ छ । बस्तीभित्र रहेको प्लान्टका उपकरण र औँजारबाट रातको समयमा ध्वनी प्रदूषण, वायु प्रदूषण, जल प्रदूषण तथा एसियन हाईवे निर्माणमा खटिएका कर्मचारी र श्रमिकका लागि बनेको शौचालयले गाउँवासीलाई समास्या स्थानीय युवा जनक पोख्रेलले बताउँछन् ।

अझ उक्त स्थानमा प्लान्टसँगै अलकत्र पोल्ने मेसिन अस्फाल्ट प्लान्ट थपिने भएपछि जिरी खिम्तीबासीमा गाउँवासीमा समस्या भएकोे जनाइएको छ । प्लान्ट घर र उब्जाउयुक्त कृिष बालीसँग टाँसेर बनेको छ । यसका कारण समुदायमा प्रदूषण बढेर समस्या भएको डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि निरौलाको भनाइ छ । नगरले पटक–पटक स्थानीयको रायसहित प्लान्ट सञ्चालन गर्न मैखिक जानकारी गराए पनि कम्पनीले बेवस्था गरेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत शशी राई बताउनुहुन्छ । रासस